विद्युत महशुल निशुल्क गराउने आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पोमुको घोषणा प्रकाशित मिति : 24 May, 2022 6:07 am ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले गाउँपालिका भरिका नागरिकलाई विद्युत महशुल छुट गर्ने घोषणा गरेका छन् । सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्ने निर्णय गरेका हुन् । पालीका भित्रका नागरिकले सामान्य विजुलीको बिल तिर्नको लागि जिल्ला सदरमुकाम फुङलिङ पुग्नु पर्ने वाध्यता रहेको भन्दै त्यसबाट छुटकारा गराउन यस्तो निर्णय गरेको उनले बताए । यस्तै विद्युतिकरण हुन बाँकी रहेको गाउँमा पनि चाँडै विद्युत पु¥याउने बताए । अध्यक्ष पोमूका अनुसार सरकारी कार्यालय, उद्योग र संघसंस्था बाहेकको विद्युत महशुल छुट हुनेछ । अध्यक्ष पोमू र उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले सोमबार पदभार ग्रहण गरेका हुन् । ।