दलबिहिन बनाएको भन्दै मेरिङदेन गा.पा. उपाध्यक्षमा दावा छिरिङको स्वतन्त्र उम्मेदवारी प्रकाशित मिति : 27 April, 2022 8:17 pm ताप्लेजुङ । दल बिहिन बनाएको भन्दै मेरिङदेन गाउँपालिका उपाध्यक्षमा दावा छिरिङ शेर्पा ( बिशाल ) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य समेत रहेका शेर्पाले गठबन्धनका नाममा दल बिहिन,चिन्ह बिहिन बनाईएको भन्दै उम्मेदवारी दिएको बिहिबार पार्टीका पालिका अध्यक्ष सुजन साम्मेखामद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ । मेरिङदेन गा।पा।का मा गठबन्धनमा माओवादी सहभागी नहुने कुरा पार्टीको आधिकारीक बैठकमा समेत राखेको साथै सो कुरा गठबन्धन गर्न बनेको कार्यदललाई समते जानकारी गराईएको पनि जनाईएको छ । सोहि अनुरुप मेरिङदेन बाहेक मात्र गठबन्धन भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिँदा दिँदै पार्टी संगठन ध्वस्त पार्ने कुत्सित मनसायले अपमानजनक व्यवहार गरेको प्रति सिङ्गो मेरिङदेन गा।पा। पार्टी कमिटीले घोर भत्र्सना गरेको कुरा समेत विज्ञप्तीमा जनाईएको छ । सबै दलसँग राजनीतिक दलहरुसँग समदुरिमा रहेर मुद्दा र एजेण्डाको आधारमा मिल्ने शक्तिहरुसँग मिलेर मैत्रिपुर्ण चुनावि प्रतिष्पर्धा गछौं भन्ने प्रतिवद्धता विपरित गठबन्धनका नाममा उठाईएको कदमले सिङ्गो पार्टी पङ्ति, पार्टीमा लामो समय योगदान गरेका ईमान्दार कार्यकर्ता,सहिद परिवार,घाईते अपाङ्ग,शुभचिन्तक र आम मतादातालाई नै निराश पारिएकोले दलिय चिन्ह विहिन स्वतन्त्र रुपमा गा।पा। भित्र रहेका ठुला तथा साना दलहरु सँग मिलेर चुनावमा सहभागी हुने विज्ञप्तीमा जनाईएको छ ।