आगलागीका घटना र स्थानीय निकायले अवलम्बन गर्नुपर्ने उपायहरु


बीरेन्द्र श्रेष्ठ

ताप्लेजुङ । पटक पटक आगलागीको शिकार बनिरहेको फुङलिङ बजार ताप्लेजुङ जिल्लाको एक मात्र नगर पालिका हो । २०७१ सालमा तोक्मेडाँडाको भिषण आगलागी, २०६० साल को बीरेन्द्रचोकको भिषण आगलागी, २०६९ सालको शेर्पा टोलको भिषण आगलागी यसका केहि तिता सबुदहरु हुन् । बि.सं. १९५२ मा फुङलिङमा अड्डा बसे देखि बजारको बिस्तार सुरु भएको ईतिहास बोकेको यस बजारमा काठले बनेका घरहरु प्रसस्त छन् ।

आगलागीका विविध कारण भएपनि व्यवस्थित बजार बिस्तार हुन नसक्नु, नगरपालिकाले शहरिकरणको नीति र मापदण्ड अवलम्बन गर्न नसक्नु, कम्तिमा नगरपालिका भित्रका भान्छा, होटेलका चुल्हाहरु, सुँगुर र बस्तुलाई खोले पकाउने चुल्हाहरु व्यबस्थित गर्न नसक्नु, जाँड पकाउने साथै रक्सि पार्ने चुल्हाहरु व्यबस्थित गर्न नसक्नु, अवश्यकता अनुरुपको ईलेक्ट्रिकल वायरिङ्गहरुको क्षमता अभिवृद्धि गर्न नसक्नु ÷नगरिनु, काठका घरमा बसोबास गर्नेहरुको लागि घर भित्र र बाहिर नजिकै आगजन्य बस्तुको प्रयोगका मापदण्डको प्रयोग नहुनु र नगराईनु आदि हाल सम्मका आगलागीका प्रमुख कारण देखिन्छन् ।

सावधानी अपनाउदा अपनाउदै पनि पर्न जाने भवितव्यहरुलाई निस्तेज पार्न ताप्लेजुङमा हालसम्मको व्यवस्थापनमा देखिएको एक दमकल छ । दमकल आफैमा सिमित क्षमताको हुने भएकोले, क्षमता अभिवृद्धिको लागि बजार आसपासमै दूई चार स्थान गरेर कुल एक लाख लिटर भन्दा अधिक क्षमताको पानि ट्याङकी र पोखरी , बजार एरिया भित्र प्रत्येक एरियालाई समेट्ने गरि बारुण यन्त्रमा जडानहुने सकेट र पाईपको व्यवस्था गरिनु उचित हुन्छ ।

यसको अलावा प्रत्येक पसल, स्टोर र घरमा समेत छ केजी, १० केजी सम्मका अग्नि नियन्त्रक फमको सिलिन्डर राख्ने प्रवन्ध मिलाईनु जरुरि छ । २०७८ फागुन २८ गते गोस लाईनमा भएको आगलागी लगायत बिगतमा भएका आगलागीको कारण (रुट केस एनालाईसिस) पत्ता लगाउन जरुरि छ ।

स्थानीय निकायले अनिवार्य अभिलेख को व्यवस्था गर्ने, कारण पत्ता लगाई यस्ता विपद निरुत्साहित पार्न गरिने हत्कण्डा प्रयोग गर्ने, चुल्हाहरुको सुधार र पेट्रोलियम ग्यासको प्रयोग, इलेक्ट्रिकल चुल्हा र पानि तताउने हिटरहरुको उचित र मापदण्ड अनुसार मात्र प्रयोग, कारणवस दोषी देखिए जो कोहीलाई कारबाहीको दायरामा ल्याउने भए हदैसम्म यस्ता विपद जसले ताप्लेजुङलाई एक असुरक्षित बासस्थानको रुपमा बदल्दै आएको चित्रण लाई सुरक्षित र आधुनिक बजारमा रुपान्तरण गर्न सकिने देखिन्छ ।

आधारभूत सुधारका विषय र एजेण्डा धेरै छन् तथापि पटक पटक आगलागीको घटना घटिरहने, करोडौको धनजनको क्षति भई रहने तर बिगत देखि हालसम्मका स्थानीय सरकारले झारो टार्ने काममात्र गर्दै आईरहेकोले अव जो जसको सरकार आएता पनि स्थानीय चुनावकै मुखमा मानविय क्षति सहित धन र बासस्थान समेत गुमाउनु परेको अवस्था लाई मध्यनजर गरि यो लेख मार्फत सम्बन्धित सवै राजनीतिक दलहरुलाई आफ्नो घोषणा पत्रको एजेन्डामा समेट्न निवेदन गर्दछु । यो केवल फुङलिङ बजारको मात्र नियति हैन केहि समय अगाडी जिल्लाकै दोश्रो ठुलो दोभान बजार जलेर खरानी भएको थियो त्येस्तै अन्य पहाडी बजारहरुको हविगत पनि करिव हामि सँग मिल्दो जुल्दो छन् ।

ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङमा भएका केही घटनाहरुलाई हेरौं । २०६० साल चैत्र १५ गते साँझ ६ː४५ फुङलिङ बजारको मुख्य व्यापारिक केन्द्र बिरेन्द्र चोकमा आगलागी भएको थियो । एसएलसी लेख्न बसेका बिधार्थीले टुकी बालेर पढ्ने क्रममा ढलेर आगलागी भएको पत्ता लागेको थियो । सो आगलागी ४४ घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए भने १२९ परिवारले विस्थापित हुनु परेको थियो ।

साथै ४१ करोड रुपैंया बराबरको क्षती भएको भएपनि कुनै मानवीय क्षती भने भएन । त्यस्तै २०६९ माघ २६ गते फुङलिङ ७ शेर्पा टोलमा साँझ ६ː४५ बजे आगलागी भएको थियो भने आगलागीको कारण भने खुल्न सकेन । जसबाट ८ वटा घर जलेर नष्ट भएको थियो भने १८ परिवार विस्थापित हुनुप¥यो । मानवीय क्षती नभएपनि ८ करोड बराबरको क्षती भएको थियो । आगलागी पश्चात हाल बिरेन्द्र चोक र शेर्पा टोल क्षेत्रमा अधिकांस घरहरु निमार्ण भएका छन् ।

२०७० कार्तिक १८ गते टुक्रे बजारमा दिउँसो २ बजे आगलागी भएको थियो । सो आगलागीमा ८ वटा घर पुर्ण रुपमा जले भने २ वटा घर आगो नियन्त्रण गर्नको लागी भत्काईएको थियो । जसबाट १७ परिवार विस्थापित भएका थिए । तिहारमा शेलरोटी पकाउने क्रममा आगो लागेको भनिएपनि हालसम्म क्षतीको विवरण भने खुल्न सकेको छैन । उत्त आगलागी भएको क्षेत्रमा अहिलेको अवस्थामा समेत भग्नावशेष देख्न सकिन्छ ।

२०७१ चैत्र ९ गते साँझ ६ː३० बजे ताप्लेजुङ सदरमुकाम प्रवेशद्धार तोक्मे बजारमा आगलागी भयो । आगलागीमा परि ३७ घर पुर्ण रुपमा जले भने आगो नियन्त्रण गर्न ७ वटा घर भत्काउँदा १४५ परिवार विस्थापित भएका थिए । पूर्वेली होटलमा सेवाग्राहीलाई दिन रक्सि झान्ने क्रममा आगलागी भएको बताईएको सो घटनामा ४० करोड बराबरको क्षती भएको थियो ।
२०७७ वैशाख १९ गते पुरानो बैंक लाईनमा रातको १० बजे आगलागी हुँदा ८ घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए भने ३० परिवारले विस्थापित हुनुप¥यो भने बैंक सहित ८ संघ संस्था जलेर नष्ट भएका थिए ।

आगलागीको कारण नखुलेको सो आगलागीमा मानवीय क्षती नभएपनि ७ करोड ६५ लाख ७२ हजार बराबरको क्षती भएको थियो । गत फागुन २७ गते बिहान ८ बजे कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बूको कच्ची घरबाट आगलागी भएको थियो । आगलागीबाट केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो छोरीसँग बस्दै आएकी मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु बस्ने ६७ वर्षी चुलीमाया लिम्बूको ज्यान गएको थियो । अर्की १५ वर्षिय रेविना लिम्बुको खुट्टामा चोट लागेको थियो भने आगलागीबाट एक पुर्ण रुपमा जलेर नष्ट भएको थियो साथै एक घरमा आंशिक क्षती भएको थियो । सो आगलागीबाट ८ परिवार विस्थापित हुन पुगेका थिए भने ६९ लाख ३० हजार क्षती भएको थियो ।

यी बाहेक बजार छेत्रमा कफी हाउस छेउमा भएको आगलागीमा प्रभाकर भट्टराईको घर जल्दा एकजनाको मृत्यू भएको । कफी हाउसमा २, नवज्योती बोर्डिङ स्कुल छेउमा २, होटल इको भ्यूको माथील्लो तला र कोप्चेमा मादेन परिवारको पूरानो र लामो घर धेरै वर्ष अघि आगलागी भएको कथा ताप्लेजुंगका जानकार हरु बताउछन् । २०६१ सालमा सदरमुकाम फुङलिङ बाहिरको सिंवा बजारमा भएको आगलागीले ठुलो क्षती पुर्याएको थियो भने जिल्लाकै दोश्रो ठुलो दोभान बजार गत बर्ष जलेर खरानी भएको थियो ।

यसै गरि बन जंगल क्षेत्रमा डढेलो लगाउने प्रचलन नेपालमा नियमित प्रक्रियाको रुपमा हुदै आएको छ । गएको बर्ष पाथिभरा क्षेत्रमा सल्किएको डढेलोले निकै बिकराल रुप लिएको थियो । दुर्लभ रेड पाण्डाको मुख्य बासस्थानको रुपमा मानिएको उक्त क्षेत्रमा डढेलो लाग्नु आफैमा दुर्भाग्य नै थियो ।

हिउँदको शुख्खा खडेरीको मौका छोपी सामान्य प्रलोभन ९घाँस पात० को कारण जंगलमा डढाउने चलनले त्यस क्षेत्र भित्रका प्राय जीवजन्तुहरुको विनाश हुने गरेको छ भने बोटबिरुवाहरु समेत जलेर विनाश हुने र भीरको आगो सल्किदै आएर घर गोठ समेत जल्ने र कहिले कहिँ मानबिय क्षति समेत पुगेको छ ।

गएको बर्ष अस्ट्रेलियाको घना जंगलमा भएको आगलागीले लाखौ हेक्टर बन बिनाश हुनुका साथै पर्यावरणमा समेत अत्यन्तै गम्भीर असर परेको थियो । यसरि अनाधिकृत रुपमा लगाइने डढेलोलाई समाजले नै छेक्नु आवश्यक छ भने प्रशासन तथा सम्बन्धित कार्यालयबाट यस्ता कार्यमा संलग्न अपराधिलाई हदै सम्मको सजाय हुन् आवश्यक छ ।

गाउँ घरमा खानेपानीको लागी प्रयोगमा आएका अधिकांस धाराहरुमा आउने पानि संचित गर्ने संयन्त्र नभएकोले अव स्थानीय सरकार यो सवालमा सजग भै टोलटोलमै स्टोरेज ट्याङकी बनाउन ढिला गर्नु नहुने अवस्था छ । यो हुदा एकातर्फ पानीको सदुपयोग हुन्छ भने अर्कातर्फ आवश्यता अनुरुप जनताले पानीको उपभोग गर्न पाउनेछन् भने खडेरी र आगलागी जस्तो विपद पर्दा सहज रुपले पानीको आपूर्ति हुनेछ ।

बढ्दो ग्लोबल वार्मिङगको कारण खानेपानिका मुलहरुमा पर्न गएको दुसप्रभावले सुकिरहेको मुलका पानिहरुलाई खेर जान नदिई गाउकै आफ्नै करेसा बारीमा प्रयोग गर्दा आम जनताले साग सब्जी, माछा पालन तथा अन्य उत्पादन मुलक कार्यमा पानीको उपभोग गर्न पाउथे भने हिउदको सुख्खा मौसममा समेत पशु प्राणिको लागी हरियो घाँस उत्पादन गर्दा पशुपालन बाट मनग्य आम्दानी हुन् जाने र जनताको जीवनस्तर वृद्धि गर्न सघाउ पुग्ने प्रष्ट देखिन्छ ।

निशन्देह शिक्षा, स्वास्थ, बाटोमा लगानी राज्यको प्रमुख दायित्व हुन् भने स्थानिय सरकारले जनताको लागी आफ्नो माटो सुहाउदो विकासका कार्यक्रमहरु ल्याउदा अझ प्रभावकारी हुने जसले विपद व्यवस्थापन गर्न समेत टेवा पुगोस् ।

फागुन २७ गते आगलागीको कारण अकालमै ज्यान गुमाउनु हुने स्व.श्री चुली माया लिम्बु लाई हार्दिक श्रदान्जली अर्पण गर्दछु, यो आगलागी कोहि एक जनाको लापरबाहीको कारण भएको पक्कै हों र त्यत्रो सम्पतिको बिनाश र एक जनाले अकाल मै मृत्युवरण गर्नु कति न्यायोचित होला रु नगरवासिले र सम्बन्धित सवैले बेलैमा सजगता अपनाउन र आफ्नो कर्तव्य पालना गर्न पटक्कै ढिला नगरौ ।


प्रतिक्रिया दिनुहोस्