फेरी पनि एलन मस्क विश्वको सर्वाधिक धनी व्यक्ती प्रकाशित मिति : 6 April, 2022 2:55 pm काठमाडौं । विश्वभरका धनीहरूको बारेमा सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष पनि विश्वभरका डलर अर्बपतिहरूको सूची सार्वजनिक गरेको छ । गएराति सार्वजनिक सूची अनुसार २९०.३ अर्व डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ती भएका छन् । यस्तै दोस्रो धनी जेफ बेसोजको सम्पत्ति १८९.८ रहेको छ । साथै बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन् । भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा रहेका छन् । अदानी नवौं र अम्बानी दशौं नम्बरमा छन् । दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन् । दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन् । दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सुचीमा परेका छैनन् । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ ।