ग्रीन भेन्चर्सको आईपीओमा मागभन्दा ९.३ गुणा बढी आवेदन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा साढे २१ लाख बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार ६ बजेसम्ममा २१ लाख ५७ हजार ५६० जना आवेदकबाट २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बराबरको २ करोड ५९ लाख ४० हजार ५६० कित्ता शेयर माग गरेको हो ।

यो सर्वसाधारणको लागि छुट्टाएको २८ लाख ७५ हजार कित्ताको ९.०३ गुणा बढी हुन आउछ । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले वितरण हुनेछ ।

त्यस अनुसार २ लाख ८७ हजार ५०० जना भाग्यमानी आवेदकले मात्रै १० कित्ताका दरले शेयर पाउनेछ । कम्पनीले चैत ८ गते मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २८ लाख ७५ हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्