पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङको अध्यक्ष रक्की थेबे नियुक्त प्रकाशित मिति : 21 March, 2022 9:11 am ताप्लेजुङ । पाथीभरा विकास समितिको कार्यकारी अध्यक्षमा रक्की थेबेलाई नियुक्त भएका छन् । सरकारले थेबेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । आइतार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ सिरिजंघा गाउँपालिकाका थेबेलाई नियुक्त गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले जानकारी दिए । विकास समितिले ताप्लेजुङस्थित पाथिभरा मन्दिर क्षेत्रको संरक्षण, संवद्र्धन र प्रवद्धनका लागि काम गरिरहेको छ । समितिका तत्कालिन अध्यक्ष पुष्प बरुवालको कोरोना संक्रमणका कारण जेठमा निधन भएपछि सो पद खाली थियो । नवनियुक्त अध्यक्ष थेबे नेकपा एकीकृत समाजवादी ताप्लेजुङका उपसचिव हुन्।