जीवन विकास लघुवित्तले बोलायो साधारण सभा, ७३.६८ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चैत २५ गते संस्थाको केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा मकवानपुरको तेस्रो वार्षिक साधारण सभा बोलाएको हो। उक्त सभा बिहान १०ः३० बजे शुरु हुनेछ ।

सभाले लाभांशका साथै अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने प्रस्ताव सहित अधिकृत पुँजी एक अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव समेत सभामा पेशगर्ने छ । साथै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १२ गतेदेखि चैत २५ गतेसमम बुकक्लो गर्नेछ । यस अनुसार चैत १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता हुन र लाभांश प्राप्त गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्