नेपाल घुम्न आउँने पर्यटकको संख्या ११६.१ प्रतिशतले वृद्धि प्रकाशित मिति : 4 March, 2022 8:35 am काठमाडौं । यस वर्षको फेब्रुअरीमा हवाईमार्गबाट १९ हजार ७६६ जना नेपाल घुम्न आएका छन् । यो ११६.१ प्रतिशतको वृद्धि हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्ष फेब्रुअरीमा ९ हजार १४६ विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका थिए । पर्यटक आगमन वृद्धिमा सबैभन्दा धेरै युरोपेली क्षेत्रका रहेका छ । त्यहाँबाट अघिल्लो वर्षको फेब्रुअरीमा एक हजार १४२ जना मात्र आएकामा यो वर्षको सोही महिनामा चार हजार ८१३ जना आएका छन् । यो ३२९ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै पर्यटक आउने सार्क क्षेत्रबाट पनि करिब ४५ प्रतिशतले बढेर सात हजार २६२ पुगेको छ। यसमा भारतीय मात्रै करिब छ हजार छन्। समग्र आगमनमा सार्क क्षेत्रको हिस्सा ३६ प्रतिशत छ। धेरै मुलुकबाट नेपाल आउने पर्यटकको सङ्ख्या मढेको भए पनि चीन र म्यानमारबाट भने घटेको छ। चीनबाट अघिल्लो वर्षको फेरोमा ७०८ जना पर्यटक आएकामा यसपटक २०५ जना मात्र नेपाल आएका छन् ।