सुकेटार विमानस्थलको नाम परिवर्तनप्रति अखिल क्रान्तिकारी ताप्लेजुङको आपत्ती प्रकाशित मिति : 30 May, 2021 6:33 pm काठमाडौं । ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको छ । स्थानीयको भावना विपरित ऐतिहासिक पहिचानसँग जोडिएको सुकेटार विमानस्थलको नाम परिर्वतन गरिएको भन्दै अखिल क्रान्तिकारी ताप्लेजुङले आपत्ती जनाएको हो । अखिल क्रान्तिकारी ताप्लेजुङका अध्यक्ष किरण लिङ्देनले आइतबार विज्ञप्ती जारी गरेर सुकेटार विमानस्थलको नाम परिवर्तन आफूहरुलाई मान्य नहुने जनाएका छन् । आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्व रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरणको घोषणा गरिएको थियो । अध्यक्ष लिङ्देनले रविन्द्र अधिकारीप्रति आफूहरुको सम्मान रहे पनि स्थानीय र सरोकारवालाहरुको भावना विपरित भएको विमानस्थल को नयाँ नामाकरणको घोषणा मान्य नहुने बताएका छन् । विज्ञप्तिमा भनेका छन्, “सुकेटार बिमानस्थलको विकल्पमा सुकेटार बिमानस्थल नै कायम गरियोस अरन्यथा हामी चरणबद्ध आन्दोलन गर्ने जानकारी गराउछौं ।