शेर्पा सन्चारद्धारा उद्घोषण तालिम आयोजना गर्दै

काठमाडौं । शेर्पा सन्चार समुह नेपालद्धारा नेपाली भाषामा भाषणकला तथा उद्घोषण तालिम संञ्चालन गर्ने भएको छ । काठमाडौको नाराणनटार स्थित शेर्पासंघको भवनमा चैत्र ६ गते बाट सन्चालन गर्नेे उद्घोषक तालिम चैत्र १८ गते समापन हुने संस्थाका महासचिव डोल्मा शेर्पाले जानकारी दिनु भयो ।

१२ दिने तालिममा पत्रकार तथा उद्घोषिका निमलेकी शेर्पाले प्रशिक्षण गर्ने छन् । शेर्पा सञ्चार समुह नेपालको विभिन्न जिल्लाहरुमा जिल्ला शाखा गठन भएको शेर्पाले जानकारी दिनु भयो । शेर्पा सन्चार समुह नेपालले बिगतका दिनहरुमा पनि उद्घोषण तामिल, समाचार लेखन तालिम, फोटो पत्रकार तालिम शेर्पा भाषा उद्घोषण तालिम दिंदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्