राई विद्यार्थी संघले ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्दै प्रकाशित मिति : 14 August, 2020 7:52 pm काठमाडौं । किरात राई विद्यार्थी संघले ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने भएको छ । संघले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्न लागको महासचिव रविन राईले जानकारी दिनुभयो । कोराना भाइरस (कोभिड–१९)को महामारीसँगै सरकारले भेला, बैठक, छलफल गर्न निषेध गरेसँगै संघको यही भदौ १७ गते मनाउने स्थापना दिवसमा यस पटक अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्न लागेको महासचिव राईले बताउनुभयो । उनले महामारीको कारण यसपटक स्थापना दिवसमा भर्चुअल कार्यक्रम गरी भव्य रुपमा मनाउने बताउँदै जिल्ला कार्यसमितिहरुलाई पनि त्यसैअनुसार सर्कुलर गरिएको समेत जानकारी दिनुभयो । अनलाइन मार्फत हुन लागिरहेको प्रतियोगिताको प्रथम पुरस्कार रु ३०,००० रहेको छ । यस्तै द्धितियालाई रु २०,०००, तृतियालाई रु १०,००० र सात्वाना रु ५००० पुरस्कार दिइने महासचिव राईले बताए । प्रतियोगितामा सहभागी हुने विद्यार्थीले भिडियो रेकर्ड गरेर पठाउनुपर्ने, भिडियो १ टेकमा खिचिएको ९सम्पादित नगरिएको० र बढीमा ५ मिनेटको हुनुपर्नेछ । प्रतिष्पर्धीहरुले यसरी पठाएको भिडियोको विषयवस्तु र प्रस्तुतिकरणका आधारमा मुल्याकंन गरिने उनले बताए । भिडियो ईमेल तथा फेसबुक मार्फत २०७७-४-२९ देखि २०७७-५-१३ गते भित्र पठाइसक्नुपर्नेछ । यस्तै संघका अध्यक्ष जीतेन राईले सघंले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चालन गरिरहेको बताउँदै मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा ब्यबस्था भए पनि कार्यान्वयनको दिशा फितलो भएको बताए । उनले भने,‘विभिन्न चरणको आदिवासी जनजाती आन्दोलनबाट प्राप्त उप्लब्धीहरुसँगै मातृभाषामा पठनपाठन गर्ने अधिकार संबिधानमा ब्यबस्था भए पनि कार्यन्वयनको दिशा एकदमै फितलो भएको अवस्था छ । यसमा राज्य पक्षको बेवास्ता र हामी सरोकारवालाको समेत कम चासो भइरहेको अवस्थामा मातृभाषामा शिक्षा बैज्ञानिक सँगै ब्यबाहारिक छ भनेर बुझाउन र कार्यान्वयन गर्न यो अभियान संचालन गरिहेका छौं ।’ यस्तै उनले यस अभियान अन्तर्गत विभिन्न कार्यक्रम संञ्चालन गरिहेको बताए । उनले यस अभियानलाई केन्द्रदेखि स्थानीय तहसम्मै पुगेर विभिन्न कार्यक्रमहरु गर्ने योजना भएपनि कोरोना महामारीका कारण जान नसकेको बताए । उनले यसअभियान अन्तर्गत अन्र्तक्रिया, प्रशिक्षण, भर्चुअलका साथै दवाबमुलक कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । यस्तै उनले यो प्रतियोगितामा यसै अभियान अन्तर्गत गरिएको बताउँदै अभियानलाई सफल बनाउन आफनो ठाउँबाट सहयोग गर्ने अपिल समेत गरे ।