होली खेलेर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु प्रकाशित मिति : 11 March, 2020 12:11 pm काठमाडौं २७ फागुन / भारतमा होली मनाएर नुहाउने क्रममा भारतको ओडिशा राज्यमा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर मृत्यु भएको बीबीसीले जनाएको छ । विगतका वर्षमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो । होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।