आठ लाख घुससहित गाउँपालिका अध्यक्ष अख्तियारको फन्दामा

काठमाडौं १० माघ – गाउँपालिकाका एकजना अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित रंगेहात पक्राउ गरेको हो।

प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा पक्राउ गरेको हो।

अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले गाउँपालिका अध्यक्ष केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।ु उनी माथि थप अनुसन्धान भईरहेको जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्