होस्टेलको लापरबाहीले ताप्लेजुङले गुमाएकी सोसिका शेर्पा


काठमाडौं / ताप्लेजुङ जिल्ला मैवाखोला ४ साबिक खाम्सादेन निबासी सोसिका शेर्पा आफ्नो उज्वल भविश्यको सपना बोकेर उच्च शिक्षा हासिल काठमाडौं आएकी थिईन् । काठमाडौंको मध्यबानेश्वर स्थित द रोमिस ए गल्स होस्टेलमा बसेर स्नातक तहमा अध्ययन गर्दै आएकी २२ वर्षीया सोसिका पुस २२ गते होस्टेलको बाथरुममा मृत भेटिईन् ।

होस्टलमा रहेका साथीहरुका अनुसार दिउँसो बाथरूममा नुहाउन छिरेकी सोसिका अचेत अवस्थामा भेटिएकी हुन। बाथरुममा नुहाँउन ग्यास गिजर प्रयोग गर्दा अक्सिजन अभावका कारण निसासिएर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। बाथरुम छिरेको ३ घण्टासम्म बाहिर नआउँदासमेत होस्टलले वास्ता नगरेको अनुसन्धानले देखाएको छ। सामान्य मापदण्डसमेत पूरा नगरेको द रोमिज गर्ल्स होस्टेलमा ३० जना छात्रा राखेर सञ्चालन गर्दै आएको छ। होस्टलमा न त वार्डेन न त सुरक्षा गार्ड,होस्टलले पूरा गर्नुपर्ने मापदण्ड कुनै पनि नभएको भन्दै आफ्नो छोरीले अकालमै ज्यान गुमाउनु परेको सोसिकाका परिवारको आरोप छ।


होस्टलको लापरबाहीकै कारण मृत्यु भएको मृतकका काका संगम शेर्पाले दाबी गर्दै सञ्चालकलाई कारबाही गर्न माग गरेका छन्। होस्टेल सञ्चालक सीमा न्यौपानेले मापदण्ड पूरा नगरी ३० जना छात्रा राखेर सञ्चालन गरेको पाइएपनि प्रहरीले कुनै चासो नदेखाएको परिवारको आरोप छ। गेटमा सुरक्षा गार्ड र होस्टल वार्डेनसमेत नहुनु दुखद हो, पीडित परिवार भन्छन्, छोराछोरीलाई होस्टल राख्दा विचार पुर्‍याउनु होला। होस्टलमा अत्यावस्यक सामाग्री र भौतिक संरचनाको अभाव छ, मापदण्ड बिना सञ्चालनमा छ।

मृतक शेर्पाको पोष्टमार्टेमपछि शनिबार दाहसंस्कार गरिएको छ। तर, होस्टल संचालिका सोसिकाको दाहसंस्कारमा नआएको र संवेदनशीलता नदेखाएको भन्दै कारबाही गर्न माग गरे। होस्टेलको बहानामा काठमाडौंमा छ्याप्छ्याप्ती खुलेका नक्कली होस्टलमाथि तत्काल नियमन गरी कारबाही गर्नुपर्ने परिवारको माग छ। मृतकका काका संगम शेर्पा यो घटनाबाट अन्य अभिभावकले पनि पाठ सिक्नु पर्ने बताउँछन् । ‘हाम्रो नानीको त ज्यान गयो, काठमाडौंमा कमाउने बाहेक केही नसोची धेरै यस्ता होस्टेल खुलेका छन्, सम्वन्धित निकायको त चासो छैन, छोरा छोरी राख्दा अब आफै विचार पु¥याउनुहोला,’ संगमको सुझाव छ। मृतक सासिका शेर्पाको पोष्टमार्टेम पछि शनिबार दाहसंस्कार गरिएको छ । मृतक सोसिकाप्रति हार्दिक श्रद्धाञ्जली ।


हुनत काठमाडौं उपत्यकामा लगभग एक हजार बढि होस्टेलहरु सञ्चालनमा रहेका छन् । तर होस्टलको संख्यात्मक बिस्तारसंगै अनेकौं चुनौतिहरु पनि बढ्दै गएको देखिन्छ । होस्टेल व्यवसायीमा देखिएको अस्वस्थ्य प्रतिष्पर्धा, होस्टेल एसोसिएसनको नेतृत्वमा देखिएको असक्षमता र आर्थिक संकीर्णता मात्रै समस्याको रुपमा छैनन् । सेवाग्राहीमा बढ्दो लागुऔषध तथा अन्य दुर्व्यसन, उनीहरुमा विकसित असामाजिक चरित्र, होस्टेल भित्र हुने चोरीका घटनाहरु पनि उत्तिकै छन् । यसका अलवा होस्टल गैरकानुनी तथा अवान्छित गतिविधिमा संलग्नहरुको सुरक्षित आश्रयस्थलको रुपमा समेत परिणत हुने सम्भावना होस्टल व्यवसायका समस्या र चुनौतीका रुपमा रहेका छन् ।

डेरामा बस्नु भन्दा सहज र कोठा भाडामा नपाइने समस्याको उपयुक्त विकल्प पनि बनेको होस्टेल, त्यसैले फेरीपनि व्यवसाय र रोजगारी श्रृजनाको नाममा सञ्चालन गरिएका यस्ता होस्टेलहरुमा गैरकानुनी क्रियाकलाप सञ्चालन भईरहेको सत्य सबैले स्वीकार्नु पर्छ । त्यसैले होस्टेल व्यवसायलाई नाफामुखी भन्दा सेवामुखी बनाउने र यसको सामाजिक गरिमालाई उच्च राख्ने कुरामा नेपाल सरकारको ध्यान केन्द्रित हुन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्