भोजपुर साक्षर जिल्ला घोषित प्रकाशित मिति : 9 April, 2018 1:01 pm भोजपुर, २६ चैत / पूर्वी पहाडी जिल्ला भोजपुर एक कार्यक्रमका बीच साक्षर जिल्ला घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय भोजपुरको तथ्याङ्कअनुसार १५ देखि ६० वर्षसम्म उमेरका नागरिक ९६।४३ प्रतिशत साक्षर रहेको पाइएकाले आइतबार जिल्लालाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले साक्षर जिल्ला घोषणा गर्नुभएको हो । मुख्यमन्त्री राईले प्रदेश नं १ लाई नमूना प्रदेश बनाउने भन्दै यातायात, स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकतामा रहने बताउनुभयो । रासस