सैन्य कमान्डर सुलेमानीलाई मार्न प्रयोग भएको घातक ‘ड्रोन’ प्रकाशित मिति : 8 January, 2020 2:09 pm अमेरिकाले ३ जनावरीमा इराकको बग्दाद विमानस्थल नजिक ड्रोनबाट एक हवाई हमला गरेर इरानका अल कुर्स फोर्सका प्रमुख कासिम सुलेमानीको हत्या गरेको थियो । जासूस सूत्रले अमेरिकी मिडियामा बताए अनुसार यो अप्रसेसन सीधा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको थियो र यसको पूर्व तयारी पनि गरिएको थियो । समाचारहरुका अनुसार सुलेमानी केही समय पहिला इराक पुगेका थिए र दुई गाडी लिएर हिँडेका थिए जसमा इरान समर्थित इराकी सेनाका मानिस पनि सहभागी भए । सुरुमा अमेरिकी सेनाले हेलिकोप्टरद्वारा इराकमा यस हमला गरेको समाचारहरु बाहिरिएका थिए । ड्रोनबाट गरिएको थियो हमला तर अमेरिकी मिडियाहरुका अनुसार यो हमला मानवरहित एयरक्राफ्ट एमक्यू–९ रीपरको माध्यमबाट भएको थियो । यो एक ड्रोन हो जो अधिकतम ४८० किलोमिटर प्रतिघन्टाको गतिमा उडान भर्न सक्छ । न्यूयोर्क टाइम्सले सरकारी स्रोतको हवाला दिँदै लेखेको छ कि ड्रोनले दुई कारमा दुई मिसाइल आक्रमण गरेको थियो । यो मिसाइलले आफ्नो लक्ष्यमाथि विमानस्थलको कार्गो टर्मिनल निकट प्रहार गरेको थियो । अरबी टेलिभिजन अल अरेबियाले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार हेलफायर आर ९ एक्स मिसाइल थियो जसलाई निन्जा पनि भनिन्छ । हवाबाट पृथ्वीमा मार हान्ने यो मिसाइल युद्ध ट्यांक नष्ट गर्नका लागि बनाइएको थियो जसलाई हेलिकोप्टर या हवाइ जहाजको माध्यमबाट छोड्न सकिन्छ । रिपोर्टका अनुसार मध्य पूर्वको कुनै अप्रेसनमा अमेरिकाले नवौपटक यस खालको मिसाइलको प्रयोग गरेको छ । एयरक्राफ्ट एमक्यू–९ रीपर ४ हजार ९०० पाउन्डको वजनको हुन्छ । यो ड्रोनमा २ हजार २०० लीटर इन्धन भर्न सकिन्छ । यो ४ हजार ७६० किलो वजन बोकेर २३० किमी प्रतिघन्टाको रफ्तारमा उडान भर्न सक्ने क्षमताको रहेको छ । यो ड्रोनको प्रयोग निगरानी गर्न, खोज अभियान चलाउन तथा राहात –बचाव मिशनमा पनि गरिन्छ । एमक्यू–९ रिपर ड्रोन २००७ देखि प्रयोग गरिदै आएको छ । यसको पंखाको लम्बाइ ६६ फीट रहेको छ । यो ड्रोनको मूल्य ६ करोड ४२ लाख डलर पर्छ । एमक्यू–९ रिपर ड्रोन चलायमान निशानामा सटिकताका साथ प्रहार गर्न सक्षम रहेको छ । यसबाट हेलफायर मिसाइललाई सहज प्रहार गर्न सकिन्छ । यो ड्रोनमा एक पाइलट तथा सेन्सर अपरेटर बस्ने ठाउँ पनि रहेको छ । अमेरिकाले शुक्रबार इराकको राजानी बगदादमा एमक्यू–९ रिपर ड्रोनबाट हवाई हमला गरेको थियो । यो हमलामा इरानका वरिष्ठ कमाण्डर जनरल कासिम सुलेमानी सहित अन्य ८ जनाको मृत्यू भएको अमेरिकी दाबी रहेको छ । सुलेमानीको हत्यापछि इरानले बुधवार इराकमा रहेको दुई अमेरिकी सेनाको अखडामा क्षेप्यास्त्र आक्रमण गरेको छ ।