नुनदेखि पानीसम्म उतैबाट ल्याँउछन भारतीय पर्यटक

काठमान्डौ ,/ पशुपतिनाथ मन्दिर क्षेत्र धार्मीक आस्थाले भरिपूर्ण क्षेत्र हो । अहिले नेपाल आउने धार्मीक पर्यटकहरु मध्ये धेरैजसो पशुपतिनाथ दर्शनका लागी आउँछन् । जनकपूरको रामजानकी दर्शनपछि काठमाडौँको पशुपतिनाथ दर्शनका लागी आउने भारतीय पर्यटक धेरै छन् ।अध्यागमन विभागको तथ्याङ्क अनुसार यसवर्ष ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल आएकोमा भारतबाट मात्रै दुई लाख ४८३ पर्यटक नेपाल आएका छन् । यसवर्ष हवाईमार्ग हुँदै नौ लाख ६९ हजार २८७ र स्थलमार्ग ९मोटरबाटो० बाट दुई लाख तीन हजार ७८५ पर्यटकहरु नेपाल भित्रिएका छन् ।

अन्य देशबाट आउने तीर्थयात्री निकै कम छन् । भारतबाट आउने धार्मीक तीर्थयात्रीले पशुपति क्षेत्र भरिभराउन देखिन्छ । हामीले हिन्दु धर्मलाई प्रचार गरेर भारतबाट आउने तीर्थयात्री बढाउन लागेपनि भारतीयबाट नेपालमा कुनै खास लाभ पुगेको छैन ।भारतबाट आएका तीर्थयात्रीले पशुपति क्षेत्र वरीपरी गरेको फोहोरले समेत अर्को दुख थपेको छ । धार्मीक आस्थाको प्रतिबिम्बको रुपमा चित्रित पशुपति क्षेत्रमा भारतीयले देखाएको रवैया सम्झन लायक छैन । उनीहरु नेपाल आउँछन, मुस्किलले एक रात बस्छन । आउँदा पानी समेत उतैबाट बोकेर ल्याउँछन् ।
यसले धार्मीक पर्यटनबाट आर्थिक लाभ भईरहेको छैन भन्ने कुरा छर्लङ्गै दर्शाउँछ ।बिहानै पशुपति क्षेत्रमा पुग्दा अजङ्गका गाडीहरु पार्किङ गरिरहेको भेटिन्छ । गाडीको अगाडीपट्टि कोही तरकारी काटिरहेका, कोही ग्याँस बालिरहेका र कोही चामल पखालीरहेका देखिन्छन् । गाडीको पछाडी लस्करै दिशा पिसाबका लागी बसेका मानिस भेटिन्छन् ।यसले पशुपति क्षेत्रको सुन्दरतामा कुरुपता थपेको छ । विभिन्न फलफूल र धुपवत्तिले मगमगाई रहने पशुपति क्षेत्रमा दुर्घन्धले कब्जा जमाएको छ । यसमा सम्बन्धित निकायले खासै चासो देखाएको छैन ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डाक्टर मिलनकुमार थापा कोषले पशुपति क्षेत्रलाई धार्मीक गतिविधिका लागी स्वच्छ स्थानका रुपमा विकास गर्न लागेको बताउछन । कोषले गुरुयोजना मार्फत काम गर्ने योजना बनाएको छ । आएका भारतीय पर्यटकहरुको मनोगत प्रवृत्ति नै पृथक भएकाले मन्दिर वरीपरी फोहोर देखिएको थापाको भनाई छ ।भारतबाट आएका तीर्थयात्रीहरुले शौचालय नभएर बाहिर शौच गरेका होईनन् । थापा भन्छन्, ‘नजिकै शौचालय छ, जाँदैनन् ।’ उनले भने, ‘दिनमा तीन पटक सरसफाई गर्दापनि जस्ताको त्यस्तै हुन्छ, अहिले निर्माणको काम पनि भईरहेको छ ।

यसले पनि केही फोहोर देखिएको छ ।’कोषका प्रशासकिय अधिकृत गौरिशंकर पराजुलिका अनुसार कोषले स्मार्ट शौचालय बनाउने योजना बनाएको छ । हाल पशुपति क्षेत्रमा प्रत्येक तीन सय मानव पाईलामा एकरएक शौचालय छन् । यसको अर्थ तीनसय पाइला हिडेपछि शौचालय भेटिन्छन् । तर भारतीयले प्रयोग गर्दैनन् ।भारतबाट आएका तिर्थयात्रीबाट आर्थिक लाभ मिलेको छैन । हामी धार्मीक पर्यटनलाई निकै जोडबल गरिरहेका छौँ, तर फस्टाईरहेको छैन । साहसिक पर्यटनबाट जस्तो धार्मीक पर्यटनबाट नेपालले लाभ लिन सकेको छैन ।

धार्मीक गतिविधिका लागी नेपाल आउने अगन्तुकले मन्दिरमा चढाउने भेटी बाहेक अन्य खर्च गर्दैनन् ।उनीहरु आउँदा उतैबाट गाडी लिएर आउँछन् । यतिमात्रै नभई पानीदेखी नुनसम्म पनि उतैबाट बोकेर ल्याउँछन् । यसविषयमा कोषका कोषाध्यक्ष डा।थापा आएका तीर्थालुलाई नआउ भन्न नमिल्ने बताउँछन् । ‘कोही होटलमा नखाने हुन्छन्, कोही कसैले छोएको नखाने हुन्छन्’ उनले भने, ‘अब पकाएर नखाउ भन्न मिलेन, अब हामी सकेसम्म निशुल्क खाना उपलब्ध गराउने प्रयासमा छौँ ।’थापाका अनुसार कोषले तत्काललाई तीर्थयात्रीहरुका लागी खाना पकाउने स्थान उपलब्ध गराउने तयारी थालेको छ । source : sidhakura


प्रतिक्रिया दिनुहोस्