धादिङमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु प्रकाशित मिति : 16 February, 2018 2:29 pm ४ फागुन, धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा कैलालीका ३० वर्षीय राजु चौधरी छन् । पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ का २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएको हो । त्यहाँ सामान्य उपचार पश्चात उनी डिष्चार्ज भएका छन् ।