मेलमिलाप दिवसको अवसरमा रक्तदान

काठमाडौं । राष्टिय मेलमिलाप दिवसको अवसरमा बुधबार नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ४३ औं राष्टिय मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघ नेपाल इन्जिनियरिंग कलेज परिवारको आयोजनामा रक्तदान भएको हो ।


नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । नेपाल इन्जिनियरिंग कलेज विद्यार्थी कल्याण शाखाका प्रमुख एवं कलेजका एसोसियट प्रोफेसर संकल्प पोखरेलले रगतको अभावलाई केही मात्रामा भए पनि समाधानका लागि खुल्ला रक्तदान कार्यक्रम गरेको जनाए ।

कार्यक्रम व्यवस्थापन संयोजक आशिश कैनीका अनुसार कार्यक्रममा कलेजका प्रोफेसर, कर्मचारी, शिक्षकका साथै अन्य सर्वसाधारणले पनि रक्तदान गरेका थिए । कार्यक्रमको क्रममा सरसफाई कार्यक्रम पनि भएको थियो । विद्यार्थीले कलेजका विभिन्न ठाउँंहरुमा सरसफाई गर्नुका साथै २० ठाउँंहरुमा डस्टविन पनि राखेका थिए ।
कार्यक्रमको उदघाटन नेपाली कांग्रेस भक्तपुरका सभापति दर्लभ थापाले गरेका थिए । कार्यक्रममा प्रदेश नं ३ का नवनिर्वाचित सभाषद कृष्णलाल भँंडेल, नेपाल दरुण दल भक्तपुरका अध्यक्ष राजु थापालगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्