सूर्यको पहिलो किरणसँगै नगरकोटबाट भ्रमण वर्ष २०२० को भव्य उद्घाटन

नगरकोट १६ पौष / अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको अवसर पारेर नगरकोटमा भ्रमण वर्ष २०२० भव्य स्वागत गरिएको छ । बुधबार बिहान सूर्यको पहिलो किरणले नगरकोटको डाँडालाई स्पर्श गरेसँगै एक भव्य समारोहको आयोजना गरेर भ्रमण वर्षको उद्घाटन गरिएको हो ।

कार्यक्रमको सुरुवात युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले गरे । उक्त कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि, झन्डोत्तोलन, आतिशबाजी लगायतका कार्यक्रम गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्