नाम उसको नेता भन्छन् ,काम उसको दलाल प्रकाशित मिति : 10 November, 2019 10:59 am D.B. सर्वश्रेष्ठ नाम उसको नेता भन्छन् काम उसको दलाल झुटो बोल्ने उस्को धर्म । मागी खाने कस्तो रैछ त्यो पापिको कर्म ।। यस्तै हुन्छन् यहाँ बिदेशीका दलाल भाग लगाइ खाए हजुर युबा हरुको जोबन बोलौ भने लगाउछन हैकमवादी साग्लो । नबोलौ त बेची खाए इज्जवत ढाक्ने थाङ्नो ।। बरु अब लाउनै पर्ला हैकमबादी साङ्लो नाम उसको नेता भन्छन् काम उसको दलाल झुटो बोल्ने उस्को धर्म । मागी खाने कस्तो रैछ त्यो पापिको कर्म ।। खोला नाला बेच भन्छन् कल कारखाना खोइ । पुजीवादी ब्याबस्थाले बस्नु पर्याछ रोहि ।। समाजबादका नारा कहाँ फ्याकेउ त खोइ । उचालेर बोक्छौ हामी फोहोरमैला नि धोई ।। नाम उस्को नेता भन्छन् काम उस्को दलाल झुटो बोल्ने उस्को धर्म । मागी खाने कस्तो रैछ त्यो पापिको कर्म ।। पुजीवादी ब्याबस्था फाल्नुपर्छ एक भै बिकल्पमा बैज्ञानिक समाज बादी ब्याबस्था अनि मात्र रन्छ यहाँ नेपालीको सब्यता त्यसैले त जुटौ अब गाउँ सहर मिलि डाडा कटाइ दिनु पर्छ बिदेसिका सिपाइ काला पानी मात्र होइन हाम्रो टिस्टा काङ्गडा भारत दलाल आए खुस्काइ दिउ चार पैसाका बङ्गारा नाम उसको नेता भन्छन् काम उसको दलाल झुटो बोल्ने उस्को दर्म । मागी खाने कस्तो रैछ त्यो पापिको कर्म ।।