उठ ! मजदुर र किसानहरु ! त्यो हाम्रो माटो,हाम्रो भुगोल,बचाउन उठ !

बासु नेपाल

उठ ! मजदुर र किसानहरु , !
खुर्पा, खुकुरी, गैती र सावेल लिएर उठ
हातमा जे छ, त्यही लिएर उठ !
ताछेर र काटेर मिलाउन उठ !
त्यो हाम्रो माटो, हाम्रो भुगोल
हाम्रो सीमा, हाम्रो मातृभूमि
बचाउन उठ !

उठ ! युवा र विद्यार्थीहरु,
कलम र आवाज लिएर उठ !
साम्राज्यबादीका बिस्तारवादी गोठालाहरुलाई
वीर गोर्खालीको गाथा पुनस् सुनाउन उठ !
र, फेरि लाखौं अमरसिंह र भक्त्ती थापाहरु,
नालापानी होइन , सुस्ता र कालापानीमा
तैनाथ छ्न भनी बुझाउन उठ !

उठ१ तमाम सैनिक र गैह्र सैनिकहरु,
आम नेपालीहरु , रास्ट्रप्रेमी र देशभक्तहरु,
फेरि अर्को इतिहास रच्नु छ ।
टिस्टा र कागडा, !
अनि कुमाउ र गढ्वाल
हाम्रै हुन भनी सावित गर्नुछ ।
चुप नबस, सुस्ता र कालापानी रोएको बेला
देश दुख्दा तिमिलाइ दुख्नु पर्छ ।
बिश्वयुद्द लड्ने अनि,
भिक्टोरिया क्रस होल्डरलाइ सम्झ ।
मरौला मातृभूमिको खातिर
आखिर एकदिन मर्नुछ,
वैरीलाई धुलो चटाउन उठ,
मातृभूमि बचाउन उठ !

बासु नेपाल


प्रतिक्रिया दिनुहोस्