वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना प्रकाशित मिति : 19 September, 2019 12:37 pm काठमाडौं असोज २ / साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको जानकारी दिए । विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।