याक्थुङ लेखक सङ्घ उपत्यका समितिले भब्यरुपमा ‘कविता तङ्सिङ् –२०७६’ गर्दै प्रकाशित मिति : 12 September, 2019 8:15 pm काठमाडौं २६ भदौ / लिम्बू साहित्यकाहरुको साझा संस्था याक्थुङ लेखक सङ्घ उपत्यका समितिले ‘कविता तङ्सिङ् –२०७६’ गर्ने भएको छ । भदौ २८ गते शनिबारका दिन राष्ट्रिय नाचघर जमल, काठमाडौं हुने कार्यक्रममा २३ जना कविहरुले कविता वाचन गर्नेछन् । संगीतको धुनसँगै कविता सुनाउन लागिएको तङसिङको लागि झुमा लिम्बुको रैथाने सङ्गीत समूह र ब्लिस म्युजिकले प्रत्येक कविताको भावअनुसार संगीत तयार गरिरहेका छन् । लिम्बू जातिको मुख्य अनुष्ठान ‘तङ्सिङ्’लाई आधार मानेर गर्न लागिएको कविता तङ्सिङ्मा हाङ्युग अज्ञात, धर्मेन्द्र नेम्बाङ, प्रकाश थाम्सुहाङ, बिमला तुम्खेवा, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, राज माङ्लक, मुनाराज शेर्मा, प्रकाश आङ्देम्बे, सुन्दर कुरुप, प्रदीप मेन्याङबो, अप्सरा लावती, देबेन्द्र सुर्केली, विष्णु नेम्वाङ, सङगम सुहाङ, रोहित आङ्बो, साङ्सेन वारक, सीता तुम्खेवा, सनि लिम्बु, बच्चु हिमांशु, उत्तम लिम्बु, मधु केरुङ, रन्जना लिम्बु स्टेजमा उत्रनेछन् । त्यसैगरी बैरागी काइँला, बालकृष्ण माबुहाङ, येहाङ लावती, अभि सुबेदी, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ, निरन्ती तुम्बापो कविता तङ्सिङको तुम्याहाङ रहनेछन् । कविता तङ्सिङलाई निरन्तर लैजाने तथा विभिन्न जिल्ला तथा विदेशमा पनि हुनसक्ने आयोजक याक्थुङ लेखक सङ्घ उपत्यकाका अध्यक्ष विष्णु नेम्बाङले जानकारी दिएका छन् । ज्ञानोदय बालबालबाटिका ललितपुर, इतर आवाज साहित्य समाज दक्षिण कोरिया, याक्थुङ लेखक सङ्घ दक्षिण कोरिया, कलाकार नरेन्द्र सेन्दाङ, साहित्यकार सुजन सिरेङ चोङबाङ, साहित्यकार दीलिप बान्तवाले कार्यक्रमको लागि प्रायोजन गरेका छन् । ‘कविता तङ्सिङ’ कार्यक्रमको अन्तिम तयारीको बिषयमा अध्यक्ष बिष्णु नेम्बाङसंगको कुराकानी