नेपाली जहाज १२ वर्षपछि ओसाका, पहिलो उडानमै १ करोड घाटा प्रकाशित मिति : 30 August, 2019 10:53 am काठमाडौं भदौ १३ / जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौँ फर्किएको छ । निगमको विमान बिहीबार बिहान साढे २ बजे १४६ यात्रु लिएर जापानको ओसाका तर्फ उडेका थिए । ‘बिहीबार ओसाकाबाट फर्कीदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजारमात्र उठाउँदा एक करोड रुपैयाँ घाटा भएको निगका एक अधिकारीले जानकारी एि । यो समाचार कान्तिपुर दैनिकमा छ ।