तिम्रो अतीत संगको मेरो बर्तमान, प्रकाशित मिति : 29 August, 2019 1:43 pm बिस्वासिला नहुदाहुन मेरा सब्दहरु जब कि तिम्रो अतित ले चिरिएको छ तिम्रो छाती बल्झिदाहुन मेरा बर्तमानका सब्दहरुमा तिम्रो त्यो नमिठो अतित बज्राउदै तिमिमाथि म सम्झिन्छु किन यति कठोर छौ तिमि हुस्से लगेको मौसम जस्तै बोर छौ तिमि तिम्रा ती बिगत ले कत्ती चोट दिएर तिम्रो चोखो मन मा धेरै खोट दिएर,, कत्ती चोटि चर्किएको होला,, बिश्वास गरेको मान्छेले दिएको धोका त्यो मुटु मा चट्याग्ङ जस्तै बज्ररिएको होला कत्ती चोटि तिम्रो चोखो माया भेल बनेर त्यो आँखा बाट बर्सिएको होला, र पनि तिम्रो त्यो चर्किएको मन मा,, तिम्रो त्यो चिरिएको छातिमा म आफ्नुलागी थोरै माया खोज्दैछु तिम्रो अतीत बल्झाउने रहर त हैन तर लाग्दो हो तिमिलाइ त्यो चर्किएको मन मा म तेहि पुरानु बाटो नै फेरि रोज्दैछु,, खै कसरी सक्दोहु तिम्रो त्यो तिम्रो ढुङ्गा जस्तो भएको मन पगाल्न था छैन तिम्रो मन कति सम्म टुक्रिएर ती टुक्राहरु काहाकाहा पुगेको हुदोहो तर मेरो कोमल मनमा एउटा आसा बन्छ सबै ती मनका टुक्राहारु जोडी , त्या मेरो चोखो माया सझाउछु भन्छ । भन्छन् नि कोमल पानीले ढुङ्गानी खियाउछ म पनि मेरो मन लाई कोमाल पानी बनाएर तिम्रो ढुङ्गे मन पगाल्न खोज्दैछु अरु बाटोहरु जे सुकैहुन जिन्दगीमा म यहि एउटा बाटो रोज्दैछु तिमिलाइ तिम्रो बिगत भुलाएर मेरो सपनको सन्सार मा बोलाएर तिमी सगै जिन्दगी बिताउने मन छ यो पागल मन त सधै यसै भन्छ तर तिम्रो यथार्थ अर्कै तिर गा होला म निल्नु न ओकल्नु भा होला तर पनि म मेरो मन आफै रिझाउदै छु त्यसैलेत हरेक रात सिरानी भिजाउदै छु बिगत लाइ भुल्नुबाहेक हरु बिकल्प छैन कसैलाइ न कसैलाइ नअगाली हुदैन बिगत त जे भयो गयिनै सक्यो,, भुत भन्दा भबिस्य ठुलो हो भन्ने ठहर हो मेरो,, सबै तिम्रो बिगत भुलेर खुसीयालिका साथ तिमिलाइ मेरो बर्तमान बनाउने रहर हो मेरो ।। दिपेश खानल