टानको महासचिवमा पिके शेर्पाले उम्मेदवार दिने,को हुन् ? किन दिँदैछन् ?

काठमाडौं भदौ १२ / पिके शेर्पा कन्चनजंगा क्षेत्रमा कमजोर आर्थिक तथा सामाजिक अवस्था भएको परिवार जन्मिएका व्यक्ति हुन् । पारिवारिक अवस्था कमजोर भएको कारण उनले राम्रोसंग शिक्षा लिन भने पाएनन् । यद्यपि आफूले राम्रो औपचारिक शिक्षाबाट वञ्चित भएपनि उनलाई अघी बढ्न प्रकृति आफैं गुरु सावित भयो । प्रकृति सँगको सामिप्यताले आफैंले विभिन्न कुराको ज्ञान र अनुभव लिँदै नयाँ कुरा सिक्ने अवसर उनलाई प्राप्त भयो । प्रकृति सँग सानै देखि नै जोडिएका पिके शेर्पा अहिले पनि प्रकृति सँग त्यति नै निकट छन् । सोहीबमोजिम उनले हाल प्रकृति तथा वातावरण संरक्षणको क्षेत्र नेपालको मात्र नभई विश्वव्यापी सवाल रहेको र यसको लागि सामुहिक पहल आवश्यक रहेकोमा सबैलाई जागरुक बनाइरहेका छन् ।

मानिसले निरन्तर रुपमा प्रकृतिको उपयोग गरिरहँदा प्रकृतिको संरक्षणमा समेत जोड दिँदै त्यस्ता श्रोतसाधनहरु उपयोग गरेको खण्डमा मात्र हामीले दिगो लाभ लिन सकिन्छ भन्ने मान्यता बमोजिम वातावरण संरक्षणको क्षेत्रमा रहेर काम गरिरहेका पिके शेर्पाले हाल सामाजिक र व्यावसायिक यात्रालाई सँगसँगै अघी बढाइरहेका छन् ।

सफल पर्यटन व्यवसायीको रुपमा समेत परिचित शेर्पा हाल शेर्पा संरक्षण समाज नेपाल, कन्चनजंगा पर्यटन प्रवद्र्धन केन्द्र, असीमित प्रकृति अवसर नेपाल, प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्म, ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट लगायतका विभिन्न संस्थाहरुमा अध्यक्षको भूमिकामा रही काम गरिरहेका छन् ।

प्रकृति संरक्षण कार्य आफूबाट मात्र सम्भव नहुने भएकोले यस कार्यमा व्यापक रुपमा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गरी समुदाय र सम्बन्धित स्थानीयहरुलाई जागरुक गराउनु आवश्यक रहने कुरालाई मनन गर्दै शेर्पाले आफ्नो यात्रालाई अघी बढाइरहेका छन् ।

पर्यटनमा शेर्पा ,
युएनओ ट्राभल एण्ड एड्भेन्चर प्रा।लि सञ्चालन गरिरहेका शेर्पा पर्यटन व्यवसायी बीच चर्चित नाम हो । २ दशक लामो पर्यटन अनुभव समेटेका शेर्पा निकै कष्टपुर्ण तवरले आफ्नो यात्रा अघी बढाउँदै अहिलेको अवस्थामा आउन सफल भएका हुन् । हाल टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का कार्यसमिति सदस्य रहेका शेर्पा अब हुन लागेको टानको निर्वाचनमा महासचिव पदको लागि उम्मेद्वारी दिने योजनामा छन् ।

व्यवस्थित टानको योजनामा शेर्पा ,
पर्यटन क्षेत्रमा संलग्त ट्रेकिङ व्यवसायीहरुको छाता संगठन टान लामो समय देखि स्थापित सुपरिचित संस्था हो । यद्यपि पछिल्ला कार्यसमितिहरुले टान नेतृत्वलाई चुस्तदुरुस्त तवरले नेतृत्व गर्न नसक्दा टानले जुन पहिचान कायम गर्दै थप गतिविधिहरु अघी बढाउन सक्नुपर्ने थियो, त्यो हुन सकेको छैन । अबका दिनमा टानको नेतृत्व चुस्तदुरुस्त र पारदर्शि बनाउँदै कुशलतापूर्वक नेतृत्व गर्नुपर्ने अवस्था छ । पर्यटन प्रवद्र्धनको लागि टानले निर्वाह गर्नुपर्ने भूमिका र कार्यक्षेत्र निकै व्यापक हुँदाहुँदै पनि सोही बमोजिम टानले काम गर्ने वातावरण सृजना गर्नको निम्ति सोहीबमोजिमको नेतृत्व आउनु आवश्यक रहेको परिप्रेक्ष्यमा शेर्पाले टानमा महासचिवको लागि उम्मेदवारी दिने हल्लाले टान सदस्यहरु बीच नयाँ माहोल सृजना गरेको छ ।

पर्यटन क्षेत्रमा संलग्न सबै व्यवसायीहरुलाई व्यवसायको अलावा सम्बन्धित क्षेत्रका नीतिनियमहरुको बारेमा जानकारी छैन । यस्ता सबै व्यवसायीहरुलाई सुशिक्षित र जागरुक बनाउन समय–समयमा व्यावसायिक अनुभवहरु प्रस्तुत गर्दै आवश्यक समस्या समाधानको निम्ति विभिन्न कार्यक्रयहरु आयोजना गर्ने लगायतका कामहरु टान नेतृत्वले गर्नु जरुरी छ । यसको अलावा नेपालको पर्यटन क्षेत्रलाई ठूलो क्षेत्रमा विस्तार गर्न समेत टान नेतृत्वले काम गर्नु जरुरी छ ।

टान कस्तो संस्था हो ?
ट्रेकिङव्यवसायीहरुको साझा संस्था टान व्यावसायिक हक, हित र अधिकारको लागि स्थापना भएको संस्था हो । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय प्रवद्र्धनको लागि यस संस्थाले विभिन्न पहलहरु गरेको भएपनि ति प्रयायहरु अझै प्रयाप्त भने छैनन् । संस्थालाई अझ राम्रो तवरले चलायमान बनाउनको लागि राम्रो नेतृत्व लिन सक्ने व्यक्तिले यस संस्थाको नेतृत्व लिनु जरुरी छ । हाल करिब १८ सय सदस्यहरु आवद्ध रहेका छन् ।

हाल टानको माउन्टेनियरिङ इन्भाइरोमेन्ट विभागका प्रमुख समेत रहेका शेर्पाले आगामी दिनमा यस विभागको नेतृत्वमा हुँदै आएका गतिविधिहरुलाई टानको मुख्य चासोको साथ अघी बढाउनुपर्ने बताउने शेर्पाले महासचिव पदमा रही यी सबै कार्यहरुलाई सहजै सम्बोधन गर्नेछन् । राज्य पक्षका सम्बन्धित निकायहरुको यस पक्षमा ध्यान केन्द्रित गराउन र पर्यटनलाई प्रकृति र वातावरणको सन्तुलन कायम गर्न समेत यस क्षेत्रलाई राम्रो सँग बुझेको र सोही क्षेत्रमा लामो अनुभव समेटेका व्यक्ति टान नेतृत्वमा आउनु जरुरी छ ।

टानले गर्नुपर्ने अन्य कार्यहरु
अहिले पर्यटन क्षेत्रमा संलग्न सबै व्यवसायीहरुलाई व्यवसायको अलावा सम्बन्धित क्षेत्रका नीतिनियमहरुको बारेमा जानकारी छैन । यस्ता सबै व्यवसायीहरुलाई सुशिक्षित र जागरुक बनाउन समय–समयमा व्यावसायिक अनुभवहरु प्रस्तुत गर्दै आवश्यक समस्या समाधानको निम्ति विभिन्न कार्यक्रयहरु आयोजना गर्ने लगायतका कामहरु टान नेतृत्वले गर्नु जरुरी छ । यसको अलावा नेपालको पर्यटन क्षेत्रलाई ठूलो क्षेत्रमा विस्तार गर्न समेत टान नेतृत्वले काम गर्नु जरुरी छ ।

प्रकृति र राष्ट्रको लागि सोच्नु जरुरी
पर्यटन व्यवसायीहरुले मुलुकका प्रकृतिलाई आधार बनाएर व्यवसाय गरिरहेका छन् । सँगसँगै अब व्यवसायीहरुले प्रकृतिको संरक्षण र राष्ट्रको योगदानको लागि पनि काम गर्नु जरुरी छ ।

प्रकृति संरक्षणमा टानको भूमिकाः
हाल टानको माउन्टेनियरिङ इन्भाइरोमेन्ट विभागका प्रमुख समेत रहेका शेर्पाले आगामी दिनमा यस विभागको नेतृत्वमा हुँदै आएका गतिविधिहरुलाई टानको मुख्य चासोको साथ अघी बढाउनुपर्ने बताउने शेर्पाले महासचिव पदमा रही यी सबै कार्यहरुलाई सहजै सम्बोधन गर्नेछन् । राज्य पक्षका सम्बन्धित निकायहरुको यस पक्षमा ध्यान केन्द्रित गराउन र पर्यटनलाई प्रकृति र वातावरणको सन्तुलन कायम गर्न समेत यस क्षेत्रलाई राम्रो सँग बुझेको र सोही क्षेत्रमा लामो अनुभव समेटेका व्यक्ति टान नेतृत्वमा आउनु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्