ओली नहुँदा नेकपा सचिवालय बैठक प्रचण्डले चलाउने

काठमाडौं भदौ ५ / पार्टी अध्यक्ष भएको १५ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठक सञ्चालन गर्न पाउने भएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको हो।

फाईल तस्विर

यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो। ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए। बिहीबार बिहान बसेको सचिवालय बैठकले अब अध्यक्ष प्रचण्डको मात्रै अध्यक्षतमा पनि बैठक सञ्चालन गर्न सक्ने निर्णय गरेपछि अर्का अध्यक्ष ओली अनुपस्थित भए पनि पार्टी निर्णयका बाँकी काम रोकिने छैनन्। पधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुरतर्फ प्रस्थान गरेका हुन्। सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रमरहेको छ ।


प्रतिक्रिया दिनुहोस्