परीक्षण नगरिएका खसीबोका अब रोकिन्छ :मन्त्री चक्रपाणी खनाल प्रकाशित मिति : 21 August, 2019 5:52 pm काठमाडौं भदौ ४ / कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन् । फाईल तस्विर नेपाल विश्व ब्यापार संगठनको सदस्य राष्ट्र भएकोले खसीबोका आयात रोक्न नसके पनि उत्पतिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रन नदिने जानकारी दिएका छन्। मन्त्री खनालले संसारभरका रोग हुल्ने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए । कार्यक्रममा मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायीले घेराबन्दी गर्न खोजेको बताए । व्यवसायीहरुले अनौपचारिक रुपमा दशैंमा त देख्लास् भनेर धम्की समेत दिएको बताए । मन्त्री खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खाना खान सकिने बताएका छन् । कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोडभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको जानकारी दिनु भयो