म्याद थपका लागि रबि लामिछानेसहित तीनै जनालाई आज अदालत लगिँदै

चितवान भदौ ३ / पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ ।

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो । अनुसन्धानका लागि अझैँ समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका तीनै जनासँग प्रारम्भिक बयान लिइसकेको छ ।पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ ।

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो । अनुसन्धानका लागि अझैँ समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताए ।

आत्महत्या गनु अघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियामा आफू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण मर्न बाध्य भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्