गौशालामा पहिलोपटक एटिएम सेवा शुरु प्रकाशित मिति : 6 April, 2018 7:29 pm महोत्तरी, २३ चैत / महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले आजबाट एटिएम सेवा शुरु गरेको छ । सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन गरिएको शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा २४ औँ घण्टा सञ्चालनमा रहने पनि उहाँले बताउनुभयो । फाइल तस्बिर । गौशालामा एटिएम सेवा सञ्चालन गरिने यो पहिलो बैंकका रुपमा स्थापित भएको छ । प्रदेशसभा सदस्य भरत साहले सो सेवाको शुरुवात गर्नुभएको हो । प्रदेशसभा सदस्य साह यस शाखाको सेवाग्राहीसमेत रहेको बैंकले जनाएको छ । रासस