गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई दिल्लीमा स्वागत प्रकाशित मिति : 6 April, 2018 12:06 pm नयाँ दिल्ली, २३ चैत / भारतको तीन दिने राजकीय भ्रमणको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । ओली विमानस्थलबाट व्यवसायीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन होटल ताजमा जानेछन् । त्यसपछि ओली दूतवासमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले भोलि शनिवार मात्र महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन् ।