विप्लव नेकपाका रामेछाप इन्चार्ज सहित तीन जना पक्राउ

अरुणपोष्ट संवाददाता
काठमाडौं २० साउन । प्रतिवन्धित नेकपा माओवादी विप्लव समूह रामेछाप जिल्लाका इन्चार्ज सहित अन्य दुई जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) जयराज सापकोटाले विप्लवका रामेछाप इन्चार्ज यादव ढुङ्गेल, काभ्रे जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र अनिल रायमाझीलाई पक्राउ गरेको जानकारी दिएका छन् ।

(एसपी) सापकोटाका अनुसार आइतबार बेलुका धुलिखेलबाट रामेछाप इन्चार्ज ढुङ्गेल पक्राउ परेका थिए भने जिल्ला सदस्य रायमाझीद्धय शुक्रबार राती बनेपाबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले विप्लब समुहका नेता कार्यकर्ता पक्राउ अभियान शुरु गरेको छ । जिल्लामा शशस्त्र प्रहरी बलको कार्यालय समेत स्थापना भए पछि जिल्लामा जनपथ र सशस्त्र प्रहरीले विप्लब माओवादीका नेता कार्यकर्ताहरूको खोजीलाई तीब्र बनाएको हो ।

रामेछापका इन्चार्ज यादव ढुङ्गेलले भुम्लु गाउँपालिकामा रहेको एनसेल टावरमा आगजनी तथा क्षति पु¥याएको आरोपमा र अन्य दुई जनालाई २०७६ बैशाख ५ गते पनौतीमा विस्फोटक पदार्थ सडकमा राखी सर्वसाधारणलाई त्रसित बनाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्