गोरखाका जनप्रतिनिधिहरुलाई राजीनामा दिन बिप्लप नेतृत्वको कम्युनिष्ट पार्टीको पत्राचार प्रकाशित मिति : 5 April, 2018 8:39 pm संबाददाता गोरखा गोरखा, २२ चैत / गोरखा जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन नेत्रविक्रम चन्द ’विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्राचार गरेको छ । गोरखा जिल्लामा रहेको दुई नगरपालिका र नौ गाउँपालिका मध्ये अधिकांस स्थानिय तहमा हुलाक मार्फत पत्र आएको जनप्रतिनिधिहरुले बताएका छन् । पत्रमा संसदीय व्यवस्थाको अन्त्य गरेर जनताको जनसत्ता पुर्नजिवित गर्नका लागी स्थानिय तहका जनप्रतिनिधिहरुको राजिनामा माग गरिएको उल्लेख गरिएको छ । संसदीय व्यवस्थाबाट निर्वाचित भएका जनप्रतिनिधिहरु भ्रष्टाचारी, कोही गुण्डागर्दी भएको आरोप लगाउदै जनताको चाहाना अनुसार काम नगरेकाले राजीनामा दिन पत्र काटिएको नेपाल कम्युनिष्ट पार्टीका एक नेताले जानकारी दिएका छन् । जनप्रतिनिधिलाई राजीनामा दिन नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको पत्राचार “संसदीय व्यवस्थाका जनप्रतिनिधि कसैले पनि जनताको हितमा काम गरेका छैनन्, सबै जनता जनताको जनसत्ता चाहन्छन्, त्यसैले जनप्रतिनिधिको राजिनामा माग गरेका हौ” उनले भने । नेकपाको संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको ’लेडरप्याड’ आफुहरुलाई पत्र प्राप्त भएको गोरखा नगरपालिका गोरखाका मेयर राजनराज पन्तले जानकारी दिनभुयो । उहाँले भन्नुभयो “ मेरो टेवलमा टिकट टाँस गरेको चिठी आएको रहेछ खोलेर हेर्दा नेकपाको पत्र रहेछ । पत्रमा कसैको पनि आधिकारिक हस्ताक्षर भने नभएको बताउनुभयो । यता शहिद लखन गाउपालीका प्रमुख रमेश थापा मगरले भने नेकपाले पठाएको पत्र आफुलाई प्राप्त भई नसकेको जानकारी दिनुभयो ।