साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा ब्राजिलसँग भिड्ने प्रकाशित मिति : 4 July, 2019 11:08 am कोपा अमेरिकाको फाइनलमा साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले हरायो । पेरुको जितमा इडिसन फ्लोरेसले २१औं मिनेटमा गोल गरे । त्यसपछि लगतै ३८औं मिनेटमा चिलीका योशीमार योटुनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा जोस पाउलो गुरेरोले गोलगर्दै चिलीलाई फाइनलमा पुर्याउन सफल भए। त्यसलगत्यै चिलीले पेनाल्टीको मौका खेर फालेको थियो । पेरुका एडुआर्डो भार्गासको प्रहारलाई पेरुका गोलरक्षकले सजिलै विफल पारिदिएका थिए । फाइनलमा पेरुले आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराउँदै फाइनलमा स्थान पक्का बनाएको थियो ।