कम्मर किन दुख्छ : यस्ता छन कारणहरु

काठमाडौँ २८ ,बैशाख / हाम्रो कम्बर (ढाड) को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ।
जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ।

कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौँ। यो शरीरको खम्बा हो।यसले नै हाम्रो पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ।

कम्मर दुख्नुको मुख्य कारण खराब विहार नै हो। कम्मरमा असर हुने काम गरेमा, धेरैबेर निहुरेर काम गर्दा, अगाडि वा पछाडि धेरै झुकेर बस्दा, सुत्ने उठ्ने नमिल्दा, भारी सामान उठाउँदा, सकि नसरी व्यायाम गर्दा, गर्धन झुकाएर बस्दा कम्मर दुख्न सक्छ।

त्यस्तै हिँडेको, बसेको, उभिएको नमिलेमा पनि कम्मर दुख्छ। गाडी वा मोटरबाइक चलाउँदा पनि कम्मर दुख्न सक्छ।

मोटोपन हुँदा नसा च्यापिएर पनि ढाड दुख्न सक्छ। त्यसैले उचाईअनुसार तौल ठिक राख्नुपर्छ। यो जानकारी आजको नागरिक दैनिकमा रामदेवी महर्जनले लेखेकी छन्।


प्रतिक्रिया दिनुहोस्