वैदेशिक रोजगारमा मृत्यु भएका हकवालालाई सवा ३४ करोड रुपैयाँ प्रकाशित मिति : 20 April, 2019 6:32 am काठमाडौं / सरकारले वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारको हकवालालाई आर्थिक सहायातास्वरुप ३४ करोड २५ लाख रुपैयाँ खर्चेको छ । सरकारले चालु आर्थिक वर्षको ८ महिना अर्थात गएको साउनदेखि फागु्नको दोस्रो सातासम्म ५ सय २४ मृतकका हकवालालाई उक्त रकम खर्चेको हो । सो अवधिमा मृत्यु भएका कामदारको संख्या भने ५ सय ५३ रहेको छ । आर्थिक सहायता पाउनेमध्ये ४ सय ८२ जनाले ७ लाख रुपैयाँ र ४२ जनाले १० हजार रुपियाँ पाएको वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिनुभयो । नेपाल समाचार पत्रमा समाचार छ ।