लिभरपूलसँग पोर्टो पराजित प्रकाशित मिति : 10 April, 2019 4:15 am एजेन्सी / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पोर्टोलाई टोटेनहम लिभरपूलले २ -० गोलले पराजित गरेको छ । पोर्टोले पहिलो हाफको पहिलो ५ औ मिनेटमा नै लिभरपूलले गोलको मौका दिलायो । लिभरपूलको घरेलु मैदान एनफिल्डमा भएको उक्त खेलमा नेबी केटाले पहिलो गोल घरेलु टिमलाई दिलाएका थिए । साथै २६ औ मिनेटमा घरेलु टिमले अग्रतालाई दोब्बर बनायो । दोस्रो गोल रोबर्टो फर्मिनोले दिलाएका थिए । दोश्रो हाफमा कुनै गोल हुन सकेन र लिभरर्पूलले सहज जित पोर्टो माथि निकाल्यो । दोश्रो लेग भने अबको अप्रिल १८ मा हुनेछ ।