पाटनमा पुगे पछि पारसको हृदयघात प्रकाशित मिति : 29 January, 2019 8:28 am काठमाडौँ / पूर्वयुवराज पारस शाह करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उहाँ पाटन जानुभएको थियो । अपराह्न १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो । शाहको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट शुरु भएको थियो । शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलग–अलग समुह आएको थियो । पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त हुनुभएको उहाँलाई एक्कासी छाती दुखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराउनुभएको थियो । पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।