विदेशमा एक वर्षमा करिब हजार नेपाली श्रमिकको मृत्यु प्रकाशित मिति : 10 January, 2019 8:27 am काठमाडौँ / वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिनमा भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ । एक वर्षयता मात्र ८ सय ७८ जनाको र्मत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दुतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२ जना, साउदी अरबमा १ सय , कतारमा १ सय ४१, यूएकईमा १ सय ३, कुवेतमा ४ दक्षिण कोरियामा एक सय २६, ओमनमा ११ बहराइनमा १०, जोर्डनमा ४ इजराइलमा ३, युगान्डामा र नाइजेरियामा एक÷एक नेपालीको ज्यान गएको छ । श्रमिकलाइ पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतल बताए । ‘अभिमुखीकरण तालिम नाउँमा मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।