कुनै पनि हालतमा काम नगर्ने इटालियन ठेकेदारको अडान, मेलम्ची आयोजना अनिश्चित प्रकाशित मिति : 19 December, 2018 8:26 am काठमाडौँ / खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनी (सीएमसी) काम गर्न तयार नभएपछि मेलम्ची आयोजना अनिश्चित भएको छ । सुरुङको फाइनल फिनिसिङसहितका मुख्य काम रोकिँदा ४६ दिनमात्र काठमाडौँमा पानी ल्याउने कार्यतालिका प्रभावित भएको छ । आयोजनाका पदाधिकारीलाई जानकारी नै नदिई सोमबार नेपाल छाड्न लागेका सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहितका ८ अधिकारीलाई प्रहरीले रोकेको थियो ।