कारबाहीमा आठ आतङ्ककारी मारिए

मैमाना, अफगानिस्तान, २ पुस / अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् ।

यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका छन् । फर्याब प्रान्तको ख्वाजामा आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले भिषण सैन्य कारबाही गरिरहेको छ ।

सेनाका सूचना अधिकृत गुलाम हजरत कारिमीले उक्त प्रान्तमा सैन्य कारबाही अझै जारी रहेको बताउनुभयो । यस कारबाहीका सम्बन्धमा विस्तृत विवरण प्राप्त भइसकेको छैन । सरकारी सुरक्षा बलसँग युद्धरत तालिबान लडाकू समूहले कुनै टिप्पणी गरेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्