सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दुईवटा पार्टी कसरी दर्ता भयो ? प्रकाशित मिति : 11 December, 2018 7:32 am काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो । नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराउनुभएको थियो । आजको नेपाल समाचारपत्रमा समाचार छपिएको छ ।