नेपाली विमान कालोसुचीमा, युरोपेली भुमिमा उडाउन प्रतिबन्ध

काठमाडौं /  नेपाली विमानलाई आफ्नो भुमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसुचीमा राखेको युरोपियन युनियन ईयुले त्यसलाई पुनः निरन्तरता दिएको छ ।

ईयुको हवाई क्षेत्रसँग सम्बन्धित ६, ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो । ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भुमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

नेपालका तर्फबाट पटक—पटक प्रयास भए पनि सुचीबाट हट्न सकेको छैन ।, आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्