नेसनल मेडिकल कलेजले तोकिएको शुल्कभन्दा १४ लाख बढी विद्यार्थीसँग असुले प्रकाशित मिति : 2 December, 2018 6:48 am काठमाडौँ / त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलेको पाइएको छ । नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कजेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।