छ महिनामा ६८ लाख सांसदको उपचारमा खर्च प्रकाशित मिति : 2 December, 2018 6:37 am काठमाडौँ / प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो । आजको नागरिक दैनिकमासमाचार छापिएको छ ।