डरले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा प्रकाशित मिति : 2 December, 2018 6:30 am कञ्चनपुर / कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् । यो उनी कहिलेकाहीँ भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् । उखुबारीदेखि करिब ५० मिटर पछाडि उनको घर छ । ‘उखुबारीछेउ अघिबाट हिँड्दा अर्कैअर्कै लाग्छ । सँगै भाइ हुँदा पनि डर लागेजस्तै हुन्छ’, लक्ष्मीले भनिन्, ‘निर्मलाको शव उखुबारीमा भेटिएपछि डरले पहिले हिँड्ने बाटो छोडेर अर्कै बाटो भएर विद्यालय आउजाउ गर्छौ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।