भारतले नेपाली भुमिमा धमाधम बाटो बनाउँदै प्रकाशित मिति : 18 November, 2018 6:36 am दार्चुला – भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए । भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सचिजलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने ।, आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।