सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै प्रकाशित मिति : 18 November, 2018 6:31 am डोटी / डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ । उनकै मोबाईल नम्बर प्रयोग गरी सो अकाउन्ट खोलिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।तर, अभियुक्ति पत्ता लागेको छैन । प्रहरीमा उजुरीपछि ठगी भने रोकिएको छ ।, आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।