१० वर्षअघि सम्पन्न हुनुपर्ने १ हजार पुल अझै बनेनन् प्रकाशित मिति : 16 November, 2018 6:30 am काठमाडौं– निर्माणका लागि ठैक्क लिइएका १ हजार १ सय वटा पुलमा सरकारले न्यून बजेट विनियोजन गर्दा वर्षौदेखि अलपत्र परेका छन् । बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीका कारण १० वर्षअघि सम्पन्न हुनुपर्ने पुल अझै निर्माण हुन सकेका छैनन् । पुल महासाखाका अनुसार देशभर १ हजार ६४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् । बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।